कति बेला छ दशैँको टीकाको शुभ साइत ?

शनिबार, आश्विन ५, २०८१

theme

काठमाडौं । बडा दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गर्दै टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको जानकारी दिएको हो ।

समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ बजेर १६ मिनेटमा र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ बजेर ११ मिनेटमा तथा स्थिरासन ८ बजेर ४३ मिनेटमा  तोकिएको छ । त्यसैगरी असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको समितिले जानकारी दिएको छ । साथै समितिले सामान्यतया देवीको प्रसाद लगाउन साइटको आवश्यकता नपर्ने समेत स्पष्ट गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

0%

0%

0%

0%


    • लोकप्रिय समाचार

अनि यो पनि

  • थप पढ्नुहोस् :